Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सोलु । काँग्रेसको चौधौं महाधिवेशनको पूर्व तयारीअनुसार आयोजित जिल्ला निर्वाचनमा दुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका नामगेल जङ्गबु शेर्पा, राम बस्नेत र विनोद बस्नेतबीचको प्रतिस्पर्धाले स्थगित भएको निर्वाचन कहिले हुन्छ निश्चित छैन । सो निर्वाचनमा शेर्पाले ९ मत ल्याएका थिए भने बलबहादुर केसीका उम्मेदवार राम बस्नेतले ५ मत ल्याएका थिए । अबको चुनावमा केसीको टिमलाई बिनोद बस्नेत र शेर्पाको टिमले अगाडि बढ्न नदिने भएपछि निर्वाचन अनिश्चित गराइएको हो ।
त्यहाँ पठाइएका निर्वाचन अधिकृतसमेत यो विषयलाई लिएर विवादमा परेका छन् । यस पटक सोलुबाट देउवा र बलबहादुर पक्षले रु १÷१ करोड लिएर ३ जनालाई महाधिवेशन प्रतिनिधि छानेका छन् । प्रकाश कार्की, आङछिरिङ शेर्पा, आङ कार्कीबीच भएको गठबन्धनले महाधिवेशन प्रतिनिधि बन्न पार्टीका नाममा १/१ करोड सुम्पिएको जिल्लामा चर्चा छ । मौका पर्दा पार्टीकै विरुद्ध प्रयोग हुने आङ कार्कीलाई चुल्ठे भनेर चिनिन्छ । उनलाई काठमाडौंमा प्रहरीले पटक पटक समात्ने र छाड्ने गरेको थियो । त्यतिखेर उनको संरक्षक बनेका काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले आफ्नो हैसियत देखाउन पनि जिल्लामा स्थगित भएको निर्वाचन कहिले गर्छन् ? निश्चित छैन ।
काठमाडौंमा यो हो टेलिभिजनको मालिक बनेका तिनै कार्कीको टेलिभिजनले संघीयता, गणतन्त्र र लोकतन्त्रको धज्जी उडाउँदै पूर्व राजा ज्ञानेन्द्रको पक्षमा वकालत गरिरहेको हुन्छ । यिनैको नियन्त्रणमा अहिले न्यूरोडस्थित रमागृह पनि परेको छ । रमागृह २००८ सालमा तत्कालिन सरकारले नेपाल महिला संघलाई सुम्पेको भवन हो । ०१७ सालको काण्डपछि सो भवन अंगुरबाबा जोशीहरुले कब्जा गरेका थिए । अहिले त्यही भवनलाई चुल्ठेले कब्जा गरेका हुन् । पर्यटन, नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने यो भवन तारागाउँ विकास समितिसँग जोडिएको छ । तारागाउँ विकास समितिलाई अपाङ्ग बनाएर काँग्रेसको नाममा चुल्ठेहरुले खाइखेती चलाएका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल