Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वर्गद्वारी गुठी पीडित संग,बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।


सम्बन्धित समाचार