Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थमा किन पार्टीकरण ?

देशको समस्या भन्दा पाटी र गुटको महत्व राखेपछि जनस्वास्थ संग सरोकार राख्ने स्वास्थ मन्त्रालयमा भाड भैलो देखिएको छ ।मन्त्रालयमा स्वास्थ संग सरोकार राख्ने प्राविधिक सचिवको व्यवस्था गर्ने पुर्ववत निणर्यलाई उल्टाएर खगराज अधिकारीले मन्त्रालय चलाए । उनको समयमा डाक्टरहरुले विमती जनाएपनि सरकारले सुनेन त्यो बेला पनि प्रधानमन्त्री केपी ओली नै थिए । यस पटक स्वास्थ मन्त्रालयले डेढ वर्षको अवधिमा ६ जना सचिव फेरेको छ । ति सचिवहरुले १ वर्षको अवधि ३ तिर धाएर विताउनु परेको छ । उनीहरु कुनै पनि स्वास्थ संग संम्बधित नहुदाँ कोरोना माहामारीको समयमा समेत मन्त्रालयले जस पाउन सकेन । सो मन्त्रालय अन्र्तगतका डाक्टर सुधा देवकोटा मोहमद दाउत भोगेन्द्र डोटेल राधिका धपलिया मात्र होइनन् सागर दाहाल माधव ढुगांना महेश श्रेष्ठ जस्ता विषय संग विज्ञहरुलाई काम विहिन बनाएर स्वास्थ मन्त्री ढकाल रमीता देखाइरहेका छन् । उनकै असक्षमताले स्वास्थ मन्त्रमलय यती खेर सबैको आक्रमणको तारो बनेको छ । औषधि जन्य सामाग्रीहरु समयमा पुग्न नसक्दा जिल्ला अस्पतालहरु अलमलमा परेका छन् । स्थानिय तह अन्तरगतका निकायहरु समेत आर्थिक अभावमा छटपटाइरहेका छन् तर सरकार रु १० अर्व खर्च गरेर राहतको व्यवस्था मिलाएको बताइरहेको छ । जनतार स्थानिय तहविच समन्यय नहुदाँ सुरुको समयमा वितरण राहतमा समेत सरकार नै दोषी करार भएको छ । यो समस्या स्वास्थमा मात्र छैन मुलुकको प्रसाशन परिचालन गर्ने संघिय मामिला मन्त्रालयमा समेत भाड भैलो मच्चिएको छ। संसदको राज्य व्यबस्था समितीलेसमेत विभागिय मन्त्रीलाई दिएको अर्थ देखिन थालेको छ ।