Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य मन्त्रालयकै ३ कर्मचारीलाई कोरोना

काठमाडौँ । कोरोना संक्रमणबाट सबैलाई सताइएको बेला स्वास्थ्य मन्त्रालयकै ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताएका छन् ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो ।