Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य मन्त्रालय भन्छ कोरोना विरुद्धको खोप लगाएपछि शरिर चुम्बिकीय बन्दैन

काठमाण्डौ । कोरोनाभाइरस कोभिड —१९ विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो । अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ । के कोभिड—१९ को खोप लगाएपछि साँच्चै शरीर चुम्बकीय बन्छ त रु स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।


सम्बन्धित समाचार