Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हतियार खोस्न भारतीय आएपछि सशसत्रले चलायो गोली, एकको मृत्यु, तीन घाइते

काठमाडौं । सिमानाको विवाद बढेपछि र कोरोना संक्रमण बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरीको थप बल नेपाल भारत सीमानामा खटाएको छ । सशस्त्र प्रहरीको बल सिमामा खटिएपछि नेपालीहरु धमाधम नेपाल भित्रिइरहेका छन् भने भारतीय तस्कर तथा नागरिकहरु अवैध रुपमा नेपाल प्रवेश गर्न नपाउँदा उखरमाउलो भइरहेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइते भएको छ । केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा ति व्यक्तिलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । घाइतेमध्ये एकको अवस्था गम्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए । त्यसक्रममा भएको झडपमा परी भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।