Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हरियो रंगले एमाले झसंग

काठमाडौं । निर्वाचन आयोगे मतपत्रमा हरियो रङ्गको प्रयोग गर्ने निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ती जनाएपछि नयाँ बहस चलेको छ । ओलीले सार्वजनिक रुपमै आयोगको निर्णयमा नेपाली काँग्रेसको स्वार्थको प्रभाव परेको आरोप लगाए । उनले आयोगको हरियो रङ्गको प्रयोगको निर्णय मान्य नहुने समेत बताए । ओलीले आज पनि मोरङ पुगेर आयोगले मतपत्रमा हरियो रङ्ग प्रयोग गर्ने निर्णय गरेकोमा आपत्ती जनाए । उनले हरियो रङ्ग प्रयोग गर्दैमा काँग्रेस बलियो हुननसक्ने टिप्पणी गरे । काँग्रेसलाई बुढो रुख भन्दै कसैले बचाउन नसक्ने भने ।
ओलीले यसो भनेपछि काँग्रेसका नेताहरुले ओलीको आलोचना गर्न थालेका छन् । ओली हरियो देखेर तर्सन थालेको टिप्पणी समेत गरेका छन् ।
निर्वाचन आयोगले भने विगतमा हरियो, कालो निलो, रातो रङ्गहरुको प्रयोग गरेको भन्दै बचाऊ गरेको छ । एमाले नेताहरुले भने आयोगले दलहरुसँग छलफल नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । विगतमा मतपत्रमा रङ्गहरुको प्रयोग असन्तुष्टि र बहस नचल्ने गरेकोमा यसपाली चलेको छ । दलहरु साना भन्दा साना विषयमा विरोधको स्वर निकाल्न थालेका छन् । यसले चुनाव समयमै हुनेमा आशंकाहरु उत्पन्न हुनथालेको छ ।