Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हवाई टिकटमै लुट चम्कियो

काठमाडौं । उप प्रम ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण कार्यदलको कमिशन मुखी प्रवृत्तिका कारण विदेशमा रहेका नेपालीहरू मात्र होइनन् स्वदेशबाट विदेश जाने नागरिकहरू पनि ठगिएका छन् । सो समितिले लकडाउनको समयमा नेपालबाट विदेश जाने वा विदेशबाट नेपाल आउने चाहना राख्ने नेपालीहरूलाई आवातजात गर्न स्वीकृति नदिँदा सरकारकै नियन्त्रणमा रहेको नेपाल वायुसेवा निगमको उडानमा यात्रुहरू ठगिएका हुन् । सेनाले चीनबाट भिœयाएको सामानको के कति मूल्य हो सार्वजनिक भएन । ओम्नी समूह र सेनाको गठजोड भएकाले यस्तो बेलाको लुटलाई सहज रुपमा लिइएको छैन । सामान जोसँग लिए पनि संस्था जो भए पनि रक्षामन्त्रीको पुत्रमार्फत् काम भएको हो । जापानस्थित सेरेन्स ट्राभल्स र सुभेन्स ट्राभल्ससँग पोखरेल पुत्रको साझेदारी मिलाइएको छ । जापानकै लागि निगमको भाडा रु ८० हजार देखि ९० हजार आतेजाते टिकट हो । तर अहिले एक व्यक्तिसँग रु १ लाख ५० हजारदेखि रु २ लाख ५० हजार सम्म एकतर्फी भाडा असुलिन्छ । सरकारले विदेशमा रहेका आफ्ना नागरिक स्वदेश ल्याउँदा पनि यस्तै लुट मच्चाउँदैछ । जनताको सेवा भन्दा लुटाहाहरूको कमाइलाई ध्यान दिइएको कारण यो स्थिति खडा भएको हो । तर पनि लाज यिनलाई छैन ।
कोरोना नियन्त्रणको आवश्यक तयारी छैन । लकडाउन भनेको छ । जनतालाई घरमै थुनेको छ आफू लुटेको छ । कम्युनिष्ट पार्टीको बदनाम गर्ने अ‍ोली नेतृत्वको लुटाहा समूहको बहादुरी विरुद्ध जनता सडकमा आयो भने त्यसको नियन्त्रण गर्न सरकारले सक्दैन । किनकि आक्रोशित जनताको चित्त बुझाउन सत्तँमा रजाई गर्नेहरूको नैतिक धरातल बलियो हुनु पर्दछ । सरकारका नाइकेहरूलाई विश्वव्यापी महामारी कोरोना भाइरसनै कमाई गर्ने अस्त्र बनेको छ । मजदुरहरूले राहत पाएन गरिबले भोको पेटमै मृत्युवरण गरेका खबरहरू आएका छन् । तर ओली सरकारले राहत लिनेहरू अधिकांश टोले गुण्डा र दादाहरू छन् । जो हातमा ब्रासलेट, गलामा कुकुर बाँध्ने जत्रो सिक्री लगाएर आइफोनबाट राहत लिएको तस्बिर शेयर गरेर कम्युनिष्ट पार्टीलाई कमाउनिष्ट पार्टी बनाइरहने छन् ।