Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हातहतियार सहित पक्राउ

बाजुरा । बडिमालिका नगरपालिका(८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका(८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्ड सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले थापालाई उक्त हातहतियार बोकी शिकार खेल्न जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार