Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संघीयता र गणतन्त्रात्मक व्यवस्था नेपालको परिवर्तनको एजेन्डा स्थापित भएका छन् । तर २०६२÷०६३ को आन्दोलनसँगै भित्रिएको धर्म निरपेक्षताले संविधानसभामा प्रवेश पाएसँगै नेपालमा धार्मिक द्वन्द्व चर्काउन थालेको विषय अब मन्थनको क्षेत्र बन्दैछ । प्रजातन्त्रको अभ्यासलाई प्रयोग गर्दा काँग्रेसको महासमिति बैठकमा प्रतिनिधि, समर्थक, शुभेच्छुकहरू गरी झण्डै २५ सय हस्ताक्षर सभापतिलाई बुझाएका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारी हिन्दूत्वको एजेन्डा लिएर देश दौडाहा गर्दैछन् ।
काँग्रेसलाई धर्म निरपेक्षताको एजेन्डामा ल्याउने कृष्ण सिटौला, डा. शसांक कोइराला, डा. मिनेन्द्र रिजाल, गगन थापा जस्ताको टिम छँदै थियो । धर्म निरपेक्षता विरुद्ध एजेन्डा ल्याएका खुमबहादुर खड्का रोगले पीडित भएपछि हिन्दूत्वको एजेन्डा शंकर भण्डारीहरू जस्ता युवाहरूको काँधमा आएको छ । देशभर १४ हजार चर्च बनाइएका छन् । गरिबी, अशिक्षित र भोकमरीको फाइदा लिएर क्रिश्चियन धर्मका ठेकेदारहरूले ठाउँ पाए । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको समय किनेर धर्म दर्शन, आत्म ज्ञान जस्ता कार्यक्रम चलाइएका पनि छन् । हिन्दू धर्मको संरक्षक राजालाई बनाएर संस्कृत शिक्षा मास्न धार्मिक पण्डाहरू पञ्चायतमा धेरै भए । प्रजातन्त्र स्थापनापछि काँग्रेसले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलश्रोत, औद्योगिगीकरण जस्ता योजना सफल बनायो । त्यहीं चम्कियो भ्रष्टाचार, कमिशन, दलाल र बिचौलियाप्रति आश्रित अर्थनीति ।
कम्युनिष्ट नाउधारी एमालेले एनजीओ करण पार्टी र जनवर्गीय संगठनहरूमा भिœयायो । दशवर्षे जनयुद्धले हिन्दू धर्म र आस्थामाथि नियोजित प्रहार ग¥यो । देशको संस्कृति, सभ्यतामाथि क्रिश्चियन प्रहार गराइयो । कम्युनिष्ट पार्टीको नेतृत्वले धर्म संसकारको विरुद्ध जाइलाग्ने अराजक शक्तिको पक्षपोषण ग¥यो । काँग्रेस साक्षी बस्यो । त्यहाँ पनि युरोपेली युनियन हावी भयो । तर अहिले काँग्रेसमा शंकर भण्डारी पार्टीलाई देशको राष्ट्रिय धर्ममा हिन्दू कायम गर्ने गरी तयारी गर्दैछन् । १४औं महाधिवेशनमा भण्डारकिो योजनाले सार्थकता पायो भने काँग्रेसभित्रकै क्रिश्चियन धुन्धुकारीहरू पाखा लाग्नेछन् । धर्म संस्कृति र सभ्यतामाथिको प्रहारले आपसी सद्भाव भत्काउँछ । जातभातको नाममा हुने छुवाछुत शैली र संस्कार समयअनुसार सहज र सरल बन्न सक्छ ।
अहिले सबैको आक्रमणको तारो ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरी वर्ग बनेको छ । तर दलित–दलितबीचको भेदभाव र विभेदको अन्त्य गर्न उनीहरूकै अगुवाले सफलता हासिल गरेका छैनन् । के शंकर भण्डारीहरू आफ्नै नेपाली कांग्रेसभित्र दलितदलित बीचको विभेद हटाउने हिम्मत राख्छन् ? हाँसेर मात्रै समाज परिवर्तन हुँदैन । दलितका नाममा काँग्रेसमै सुनार, विश्वकर्मा कामी, सार्की, परियार, वादी, गाइनेबीचको छुवाछुत र भेदभाव हटेको छैन । तर उनीहरूले ब्रम्हण, क्षेत्री, दशनामी, ठाकुरीमाथि प्रहार गर्न छाडेका छैनन् । यहाँ राजनीतिक पाटो दोषी होइन । चिन्तन र व्यवहारमा सुधार नआउँदा परिवर्तन खोजेर पाइन्छ कसरी ? कम्युनिष्टमा त यस्ता कुरा कति छन् कति ? चाहे १० वर्षे जनयुद्ध होस् वा २८ सालको एक व्यक्ति एक युनिट, एक प्रहार अभियानको नाममा किन नहोस् । मुलुकमा त्यही संस्कृतिका शासक केपी ओली छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल