Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैदिन ४ हजार ३६४ जना संक्रमित, उपत्यकामा भेटिए २५४०

काठमाडौं । कोरोना संक्रमणको अवस्था ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको हो । २४ घण्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएका छन् ।


सम्बन्धित समाचार