Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२४ साउन, काठमाडौं । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ ।
बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज बनबासा पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरुलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ बाढी मापन केन्द्रमा बाढीको सतहले ५।८० मिटर पार गरेको छ । सो केन्द्रमा बाढीको सतह ७ मिटर पुगेमा खतरा मानिन्छ । बाढीले सतर्कताको तह पार गरेपछि भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले पुरानो भइसकेको बनबासा पुलबाट चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भारतीय पक्षले बनबासा पुलबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिए ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल