Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१३५७ संक्रमित थपिँदा २३ जनाको ज्यान गयो, घटेन मृत्युदर

काठमाडौँ । कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि कोरोनाकै कारण दिनदिनै ज्यान गुमाउनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७३ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५६१ परीक्षणबाट ३९९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३३४ परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख २३ हजार ४५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

हालसम्म देशभर ३९ लाख ४६ हजार १८९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २७१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३३ हजार ६ जना रहेको छ ।