Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। प्रतियोगितामा जम्मा चार खेल भएका थिए।
एनसेल कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरेको हो।
पर्पल किकअफमा नेपाली कलाकार, भेट्रान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिता प्रतियोगितामा रहेको थियो ।
पहिलो मैत्रीपूर्ण फुटबल खेल एनसेल टिम ‘ए’ र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो। एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए। यो खेलमा एनसेलले १,० को अन्तरको जित हात पारेको थियो। एनसेलका तर्फबाट कप्तान प्रज्वल प्रजापतिले टिमका लागि गोल गरेका थिए।
त्यसैगरी अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो। दुवै टिममा चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको एनसेलले जानकारी दिएको छ।
कलाकारहरु आयुष्मान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दीप क्षेत्री, अमन केसी, समृद्धि राई, त्रिचु राईलगायत थिए। अनिल गुरुङको टिमले ५(४ को अन्तरले खेल जितेको थियो।
यस्तै अर्को खेलमा एनसेल टिम ‘बी’ र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएको थियो। लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४,१ अन्तरले जित हासिल गरेको थियो। अर्को खेलमा नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम ‘सी’बीच प्रतिस्पर्धा भएको थियो। कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४,३ गोल अन्तरले खेल जितेको थियो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल