Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०७३ मा घटेको बजारलाई पनि उछिन्दै ओरालो लाग्यो सेयर बजार

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५।२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१,१२ साउन २०७३ लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।

सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ ।

बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६० रुपैयाँ पुगेको छ । सीईओसी नेपाल लघुवित्तको मूल्य ९।९९ प्रतिशतले बढेर ६०५ रुपैयाँ पुगेको छ ।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल