Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२१ दलले गरे दल दर्ता

काठमाडौं । आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भए। आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २१ दल दर्ता भएको जानकारी दिएको छ ।
यसरी दर्ता हुने दलमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राप्रपा (संयुक्त), जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (वीपी) छन् । यसैगरी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छन् ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यका पदको लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दललाई १४ मंसिर २०७६ मा हुने तीनै तहको उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको हो ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल