Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा कोरोनाबाट थप १६ को ज्यान गयो

काठमाडौं । संक्रमणको दर बढ्दै जाँदा मृत्युको दर पनि बढेका बेला बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।


सम्बन्धित समाचार