Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ हजार ४ सय ९९ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाको थपिएको संख्यासँगै विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ करोड ३५ लाख ३२ हजार ७ सय ३० पुगेको छ। भारतमा मात्र गत २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ। विश्वभरमा कोरोनाको संक्रमणबाट गत २४ घण्टामा १३ हजार बढीले ज्यान गुमाए। हालसम्म विश्वभरमा ३० लाख ५६ हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी अमेरिकामा ५ लाख ८२ हजार बढीले कोरोनाका कारण ज्यान गुमाउनु प¥यो। भारतमा पछिल्लो २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ। पछिल्लो समय यूके, अफ्रिकी, ब्राजिलियन र भारतको आफ्नै गरी ४ वटा भेरियन्टहरु भारतमा सक्रिय छ। कोरोना भन्दा झण्डै ९० प्रतिशत बढी संक्रमण फैलाउन सक्ने नयाँ भाइरसका कारण भारतमा दिन प्रतिदिन कोरोनाको ग्राफ उकालो लागेको छ। हालसम्म भारतमा २१ लाख ५६ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ। अन्य देशभन्दा भारतमा निको हुनेको संख्या उच्च रहेको छ। भारतमा अहिलेसम्म १ करोड ३२ लाख ६९ हजार ८ सय बढीले कोरोनाको संक्रमण जितेका छन्।


सम्बन्धित समाचार