Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा ४ हजार ८ सय ८३ को निधन

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हनार ५ सय ३५ जनाले ज्यान गुमाएका थिए । योसँगै कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशका ९ लाख ३५ हजार १ सय ८९ नागरिकमा पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ ।
संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् । जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ ।
कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले ९बितेको २४ घण्टा० चीनमा देखिएको छैन ।


सम्बन्धित समाचार