Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२५ अर्ब तेलको पैसो तिर्दै आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन आईओसीलाई सोमबार करिब २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा आईओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत बढ्न थालेपछि आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम पनि बढेको हो । निगमका अनुसार आईओसीले मे १ मा पठाएको मूल्यसूची अनुसार प्रतिलिटर डिजेलमा ४० रुपैयाँ र पेट्रोलमा २३ रुपैयाँ घाटा छ । घाटा भएको वस्तुको खपत पनि अत्याधिक बढेपछि आईओसीलाई बुझाउनु पर्ने रकम बढेको हो । निर्वाचनको चहलपहलका कारण खपत पनि बढेको छ, तर मूल्य समायोजन गर्न सकिएन । एक त मूल्य बढेर आयो, त्यसमा पनि खपत बढेपछि रकम व्यवस्थापन गर्न समस्या भइरहेको छ, निगमका एक अधिकारीले भने, पहिलो किस्ता वापत २५ अर्ब तिर्नुपर्ने छ, केही रकम बजारमा बिक्री भएको इन्धनबाट व्यवस्थापन गर्ने तयारी छौं । नपुग रकमका लागि सरकारसँग हारगुहार गरिरहेका छौं । सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिने प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले निरन्तर घाटा ब्यहोर्दै आएको छ । आईओसीलाई भुक्तानी गर्न रकम अभाव भएपछि राष्ट्रिय बाणिज्य बैंकबाट ऋण लिने प्रक्रियामा रहेको निगमले जनाएको छ ।