Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२ साता अगाडि नै ‘पशुपति प्रसाद २’को बुकिङ खुल्यो

कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ । फिल्मको नेपालमा पनि बुकिङ खुलेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको एफक्यूब हलले फिल्मको शोज २ साता अगाडि नै खुलाएको छ । एफक्यूबले यो फिल्मलाई शनिबार मात्र ६ शोज उपलब्ध गराएको छ । फिल्म रिलिजको २ साता अगाडि नै बुकिङ खुलेको संभवत यो पहिलो पटक हो । यसले, फिल्मको हाइप कुन तहमा छ भन्ने देखाउँछ । दीपेन्द्र के खनालको निर्देशनमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मको ट्रेलरले समेत गज्जबको प्रतिक्रिया दर्शकबाट पाएको छ । यसैले, फिल्मका लागि दर्शकको उत्साह हेरेर नै हलमा बुकिङ खुलाउन थालिएको हो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ ।