Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३२ एसएसपी दरबन्दीका लागि शुरु भयो दौडधूप, बदनामहरु नै प्रतिस्पर्धामा अगाडि

काठमाडौं । नेपाल प्रहरीमा खाली रहेका दरबन्दीहरुमा आन्तरिक बढुवाबाट पदपूर्ति गर्ने अभियान चलाइएको छ । यो अभियानमा राजनीतिक सोर्सफोर्सभन्दा कार्यक्षमता र संगठनको अनुशासनलाई महत्व दिने बताइरहँदा आईजीपी धिरजप्रताप सिंहसमक्ष दबाव सिर्जना गर्नेहरु पनि बढिरहेका छन् । सरकारले गत बुधबार १७ जना एसएसपीलाई डीआईजी बढुवा सिफारिस गरेसँगै रि।क्त हुन आएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ जनाका लागि प्रतिस्पर्धा शुरु भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिसकेको छ । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । डीआईजी सिफारिस गरेसँगै प्रहरीमा ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको हो । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएका र २०५४ मा सेवा प्रवेश गर्नेहरुको बीचप्रतिस्पर्धा शुरु भएको छ ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर सफाई पाएका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा उत्रिएका छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् । राष्ट्रिय अनुसन्धानबाट आएका अधिकृतहरु पनि बरियताको सूचीमा अगाडि छन् । तर उनीहरु संगठनभित्र बदनाम छन् । सिद्धिबिक्रम शाह मेरिट लिस्टमा दुई नम्बरमा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुनेमध्येका सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ र विमल बस्नेत रहेका छन् । सिद्धिविक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । गणेश चन्द २०५१ चैतमा सेवा प्रवेश गरेका हुन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी र दानबहादुर कार्की सहितका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।
केदार रजौरे, रेवती ढकाल, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ, दिपक रेग्मी, दीपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास प्रतिस्पर्धामा छन् । बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएका थिए ।
ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, रामेश्वरप्रसाद यादव, लोकेन्द्र श्रेष्ठ र दिलीपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरवाही गरेको’ भन्दै कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
मनोजकुमार यादव, विनोद घिमिरे, दिपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दिपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दिलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन् । बढुवा समितिले विवादित र कारवाहीमा परेका अधिकृतहरूलाई अवसर नदिए २०५६ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विश्व अधिकारी सहितका ब्याचमेटहरुले अवसर पाउनेछन् ।