Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४ वर्षीया बालिकाको ज्यान कोरोनाले लग्यो, आज देशभर थपिए ८९९ संक्रमित

काठमाडौं । बालबालिकालाई कोरोना संक्रमणको सम्भावना कम र मृत्युको सम्भावना त झनै कम भएको बताइरहँदा ४ वर्षीया बालिकाको कोरोनाकै कारण ज्यान गएको छ भने ती बालिकासँगै सात जनाले आज ज्यान गुमाउनु परेको छ । आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।
नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

कुन प्रदेशमा कति ?
आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ७०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् । आज सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर १ मा ५ सय १०, प्रदेश नम्बर २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ३८ जना, बामगती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा १, प्रदेश नम्बर २ मा १३ र बामगती प्रदेशमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन । आज ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् ।