Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५०० जना कोरोना संक्रमित थपिए, २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालदेशभर ६७४९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार