Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

६३ सहसचिब को कहाँ ? (सुचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । उपत्यकाका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुलाई प्रदेश मन्त्रालयमा खटाइएको छ भने काठमाडौं बाहिरका महानगर र उपमहानगरपालिकामा पनि सहसचिव पठाइएको छ । शुक्रबार अबेर मन्त्री हृदयेश त्रिपाठीले ६३ जना सहसचिबको काज सरुवा गरेका हुन् । असार दोस्रो साता आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएका २२ जना सहसचिवहरुको पनि पदस्थापना गरिएको छ । नयाँ सहसचिवहरुलाई भने काठमाडौंमै पदस्थापना राखिएको छ ।