Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७० करोड काण्डमा प्रधानमन्त्री पनि उत्तिकै दोषी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले ७० करोढ घुस प्रकरणमा निर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रधानमन्त्री केपी शर्मा ओली बराबर दोष भएको दाबी गरेको छन् । बर्दियाको भुरिगाउँमा आयोजित काँग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले उक्त प्रकरण प्रधानमन्त्रीलाई थाहा भए पनि लुकाउनतिर तागेको बताए ।
गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको जुन कुरा सुन्यौं, त्यो प्रकरणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्रीलाई दुई महिनाअघि नै थाहा भएको बताएका छन्। तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो– गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छै, थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो। तर त्यसलाई लुकाउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई संलग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो।
यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने कसलाई थाहा छ भन्दै उनले प्रश्न गरे । ‘प्रधानमन्त्रीले भन्नुहोला– मलाई थाहा थिएन। तर, जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिक छ र प्रधानमन्त्रीकै घरमा बस्छ उसले गरेको यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने उहाँलाई थाहा चाहिँ के छ !’ यस्तै उनले प्रधानमन्त्री ओलीसँग संख्याको तागत भए पनि राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताए । थापाले भने, ‘प्रधानमन्त्री भइराख्ने संख्याको तागत होला तर, ओलीले राजनीतिक र नैतिक हैसियत दुवै गुमाइसक्नुभएको छ। जतिदिन उहाँ प्रधानमन्त्री हुनुहुनेछ, त्यति बढी हामीले अवसर गुमाउनुपर्नेछ।’


सम्बन्धित समाचार