Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो । त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जनाएका हुन् । त्यस्तै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको थियो ।

पोखराबाट प्राप्त समचार अनुसार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिएका छन् । उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका–७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।


सम्बन्धित समाचार