Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियारलाई विजय मिश्रको उत्तर : सात दिनभित्र उपस्थित हुन सक्दिन

काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाईको अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । मिश्र भने यतिबेला जापानमा छन् । तर मिश्राले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्किने बताएका छन् । तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्र समेत विवादमा तानिएका थिए । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रले आफूले अख्तियारलाई सहयोग गर्ने बताएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेका मिश्रले आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका छन् ।
जापानमा रहेका मिश्रले एक टेलिभिजनसँग टेलिफोनमा कुरा गर्दै राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्नका लागि जतिसक्दो चाँडो नेपाल आउने बताए । नियमीत उडान नभएकाले आफु जापानमा फसेपनि सेप्टेम्बरको १६ देखि २० गतेभित्र आफु नेपाल आईपुग्ने उनले बताएका छन् । अख्तियारको अनुसन्धान अधिकृत र आफूबीच नियमित कुराकानी भइरहेको बताउँदै मिश्रले भ्रष्टाचारबाट कोही पनि उम्किन नहुने बताए । संसद्मा प्रतिपक्षीले समेत आफूमाथि आक्रमण गरेको भन्दै मिश्रले यो प्रकरणमा आफूले सत्य बाहिर ल्याउने दाबी गर्दै आईरहेका छन् । मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएका अन्ट टेण्डर लगायतका डकुमेन्टहरु आफुले वकीललाई दिईसकेको र अख्तियारले डिभाईस उपलब्ध गराउनु भनेपछि सो डिभाईस लिन जापान आएको बताएका हुन् । साथै उनले उक्त प्रकरणमा आफ्नो तर्फबाट सबै प्रमाण अख्तियारलाई उपलब्ध गराउने पनि दावी गरे । अडियो प्रकरणपछि तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका थिए । उक्त अडियोमा बास्कोटाले ७० करोड कमिसनबारे छलफल गरिरहेका थिए । यसबारे अनुसन्धान गर्न अख्तियारले आजै एक सुचना सार्वजनिक गर्दै मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको हो । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ ।