Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमडौं । एडिबीले ऋण दिएर बनेको अधुरो मेलम्चीको पानी काठमाडौं आउँदै गर्दा केयुकेएलमा सिइओका लागि लिइएको प्रस्तुती र परिक्षणमै शंका भयो । प्रतिस्पर्धाका लागि केयुकेएल भित्रकै इञ्जिनियरहरू डिबी चापागाई, उमेश मरहठ्ठा, अर्जुन ढकाल, रमेश केसीलाई बाइपास गर्न आर्थिक क्षेत्रका अशोक पौडेललाई योजनावद्ध रूपमा भिœयाउने दउमा तिरेश खत्रीको डिजाइनमा सुमन शर्मा महेश भट्टराई पनि लागेको कुरा तिनै पौडेललाई धेरै नम्बर दिएर पहिलो बनाउँदा पत्ता लाग्यो । केयुकेएल बोर्डले सिइओका लागि खोलेको आवेदनमा आठ जना सहभागीमध्ये प्रशासनका प्रकाश राई पनि थिए । तर नाम अशोक पौडेल, डिबी चापागाई र रमेश मरहठ्ठाको छानियो । अर्जुन ३ जनामै परेनन् ।
चैत आठसम्म जागिरको समय भएका खत्रीको जालझेलमा एडिबीका कन्सल्ट्यान्ट सुमन शर्मा, महेश भट्टराईको प्रवेश झन् विवादति भयो । अख्तियारले बढी नम्बर कसरी भन्ने प्रश्न गर्छ । राजनीति बढी हुने प्रत्येक दलका कर्मचारी, कार्यकर्ताको सक्रियता रहने केयुकेएलभित्र बाहिरको मान्छे टिक्न सक्दैन । केयुकेएललाई अप्ठ्यारो पारेर मन्त्रालयका सहसचिव तिरेश खत्रीले चलखेल गरेको कर्मचारीले रुचाउने अवस्था थिएन । कर्मचारी त अर्जुन ढकालको पक्षमा थिए, नाम निक्लेन । अख्तियारले बोर्डले सर्ट लिष्ट गरेको फाइल खोसेको छ । प्राविधिक क्षेत्रको आवश्यकता पर्ने केयुकेएलमा गैर प्राविधिकलाई ठाउँ दिन किन खोजियो शंका यहाँ बढ्नु स्वाभाविक थियो । यहाँ तिरेश खत्रीको सोभैm बदमासी छ, केयुकेएल बोर्डका लागि यो ऐजेरु नै भएका छन् । प्रस्तुती राम्रो भएर होइन योजनावद्ध रूपमा नै स्वार्थका लागि एमाले भएका पूर्व महामण्डले डा. युवराज खतिवडा राष्ट्रबैङ्कको गभर्नर हुँदाका पिए अशोकलाई एडिबीका कन्स्ल्ट्यान्ट शर्मा र भट्टराईले बढी नम्बर दिनु नै खोजीको विषय भयो ।
सेटिङमै खत्रीले सर्ट लिष्टमै कैफियत गरे । खत्रीसँगै नहेन्द्र प्रधान मन्त्रालयकै हुन् भने इ. रामबहादुर थापा, इ. बसन्त आचार्य, काठमाडौं महानगरका इ. कुमार महर्जन ललितपुर, कमलेश अग्रवाल, चेम्बरका हुन् । यिनैले ५ लाखका दरले पौडेलसँग घुस खाएको चर्चा छ । त्यहाँ २ करोडको छिनोफानो भएको थियो । गिरोहको डिजाइन र भित्री योजनाअनुसार कार्यविधिका दफा समेत तिरेशको गिरोहले फेरेको थियो । तिरेश टोली अशोक पौडेललाई ७२.१४, उमेश मरहठ्ठा ७१.१, डोलप्रसाद आचार्य ७०.८८, अर्जुन ढकाल ७०.२१, राजेन्द्र श्रेष्ठ ६९.२९, रमेश केसी ६९.१२ र प्रकाश राई ६६.९१ अंक दिएको थियो । पौडेललाई पहिलो बनाउनु नै एडिबीको टोलीको काम गराईले केयुकेएलमा प्राविधिक कार्यकारी छिटो होस् भन्ने भएन ।
ताजा खबरले माघ १६ गतेको वर्ष २१, अंक ३७ मै तिरेशको योजना सिंहदरबारमा अलपत्र, एडिबीका दलाल केयुकेएलमा अस्वीकृत भन्ने समाचार लेख्दा केयुकेएलका चल्तीका हाकिमहरू तर्सेका थिए । बोर्डले सहयोग नगर्दा केयुकेएलको प्रोजेक्ट आयोजना कार्यान्वयन निर्देशनालयले राम्रोसँग काम गर्न सकेको छैन । खानेपानी मन्त्री महेन्द्रयादव र सचिव सुरेशलाई तिरेश खत्रीका रैथाने दूतहरूको चलखेलको चासो छैन । मेलम्ची विकास समितिको काम सुन्दरीजलसम्म पानी पठाउने र बाँध क्षेत्रको अवलोकन, मर्मत सुधार र पुनसंरचनाको सुरक्षा हो ।
संकटमा पिआईडी र केयुकेएल
सुन्दरी जलयताको दायित्व केयुकेएलको हो । पुरानो पाइपबाट पानी वितरण गर्दा भएको चुहावट नियन्त्रण र मर्मतको काममा केयुकेएलको जनशक्ति खटेको छ । त्यहाँ आफैं कर्मचारी, आफैं ठेकेदारले काम पाएका पनि छन् । केयुकेएलमा ज्ञानेन्द्र कार्की कामु सिइओ छन् । तर समस्या बोर्डको छ । कार्कीलाई इञ्जिनियरिङ क्षेत्रमा प्रवेश गर्न दिइएन । नेपाल सरकारका सहसचिव तिरेश खत्रीको कारण केयुकेएल बोर्ड स्थानीय तहको नेतृत्वमा जानुपर्ने स्थिति सिर्जना हुँदैछ ।
ट्रेड युनियनले आज वार्षिक उत्सव मनाएपछि बोर्ड अध्यक्ष खत्रीको भण्डाफोर गर्दै पदबाट राजीनामा माग्दैछन् । खत्री ४ वर्ष बोर्ड अध्यक्ष भए तर संस्थाको हित गरेनन् । आफ्ना २ जना प्रतिनिधि पठाएको खानेपानी मन्त्रालयले समयको बाध्यतामा चासो दिएन भने स्थानीय तहको हातमा केयुकेएल बोर्ड जानसक्ने अवस्था छ । यसको योजनाकार खत्री हुनेछन् । मन्त्रालय अल्पमतमा छँदैछ । खत्री पिआईडीमा बसेर एडिबीको लगानीको पाइप विस्तार कार्यमा अघाएका प्रशासक हुन् । यिनले हिजो आफैंले म्याद थप्दै मन्त्रीलाई घुस खुवाउँदै दोहन गरेको ठाउँमा अहिले चलखेल गरेका छन् । सिइओ नियुक्तिमा ढिलाई यिनैले गरेका हुन् । अहिले राजधानीमा निरन्तर मेलम्ची आएको छ । केयुकेएलद्वारा पानी वितरणको कार्यतालिका बनाएको छ । मेलम्चीको १७ करोड केयुकेएल श्रोतको १३ करोड गरी दैनिक ३० करोड लिटर पानी वितरण भइरहेको छ तर पानीको समस्या हटेको छैन ।
केयुकेलले नयाँ पाइप विस्तारमा पानी नपठाएसम्म स्थिति कहाँ के छ पत्ता लाग्दैन । कैयौं ठाउँमा पाइप विस्तार छुटेको पनि छ । त्यस्तो छूटफुट गर्ने यिनै तिरेश खत्री हुन् । नयाँ पाइपमा मिटर जडान प्रक्रिया पनि शुरु भएको छ । तर पुरानो पाइपले पानीको फोर्स थेग्न नसक्दा फुटेका ठाउँ टाल्न सडक विभागसँग केयुकेएलको टसल परेको पनि छ । यो टसल नियन्त्रण गर्ने मन्त्रालयस्तरले हो । तर बोर्डका अध्यक्ष मन्त्रालयका सहसचिव छन् । उनलाई त्यसफर्त चासो छैन । सचिव सुरशे आचार्य समेत सिइओ प्रकरणको अपाधमा हैरान छन । आयोजना कार्यान्वयन निर्देशनालयले आफ्नो कार्यक्षेत्रको दोस्रो चरणलाई रफ्तारमा लगेको छ । त्यसले नयाँ पाइप विस्तार भएका काठमाडौं र ललितपुर क्षेत्रमा नयाँ मिटर जडानको अभियान चलाएको छ ।
एडिबीको ऋणमा आएको मेलम्चीको बाँधक्षेत्रको मर्मत सुधारमा सरकारको लगानी छ । मेलम्ची दोस्रो लार्के र यांग्री खोलाको पानी मिसाउँद्या ३४ करोड पुग्ने हो । राजधानीको वस्ती विकासले भूमिगत सतहको पानी घट्दो छ । खानेपानी व्यवस्थापन बोर्डले भूमिगत पानी तान्ने र बेच्ने व्यवसायलाई आफ्नो नियन्त्रणमा लिन शुरु गरेको छ । जारको पानी सिंहदरबारमा बन्द गर्ने जनमत पार्टीका खानेपानी मन्त्रीको निर्णय भने उनको राजीनामासँगै थला परेको छ । मेलम्चीको ऋणको लागि फुटेको खानेपानी संस्थान भने मोफसलका शहरमा जागेको छ । त्यही संस्थान हाँकेका अर्जुन ढकालको केयुकेएलमा नाम निस्केन, उमेशको नाम निस्कियो तर कमाण्ड कमजोर छ । डिबी चापागाईको सम्भावना कम छ । उमेश प्रम प्रचण्डकै निर्वाचन क्षेत्र गोरखाका र बाबु स्व. माधव मरहठ्ठा प्रचण्डका साथी परे । तर त्यहाँ प्रस्तुतिको कमाण्डमा अर्जुन ढकाल नै अगाडि थिए । तिरेशकै योजनामा उनको नाम तीन जनाभित्र परेन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल