Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अग्निलाई हटाउन भित्रभित्रै माखेसाङ्लो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सबैभन्दा ठूलो शत्रु बनेका छन् । सापकोटाकै कारण आफ्नो कार्यकालमा एमसीसी पास गरेर अमेरिकालाई गुन लगाउन नपाएको रिस देउवालाई उचालेल फेर्न खोजिरहेका छन् । सापकोटा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सम्मको तयारी भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले हटाउनका लागि प्रस्ताव ल्याउने तयारी गरेको हो । नेपाली काँग्रेससँग कुरा मिलेमा एमालेले केही दिनमै महाभियोग प्रस्ताव दर्ता गर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार एमालेका प्रभाशावली नेताहरु काँग्रेसका नेताहरुसँग यसबारे छलफल बढाउन थालिसकेका छन् । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रहरुबीच छलफल बढेको हो ।
अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई रोक्न प्रचण्ड र माधव नेपाल लागेमा सभामुख तारोमा पर्ने निश्चितप्रायः भएको छ । सभामुखले एमसीसी टेबुल गर्न अवरोध गर्न सक्ने बुझाईका साथ देउवानिकटस्थहरु रणनीतिक रुपमा लागेका छन् । अर्कोतर्फ, ओली सभामुखको बर्हिगमन चाहिरहेका छन् । उनले एमसीसी पारित गर्न साथ दिने भन्दै देउवासँग सभामुख हटाउने प्रस्ताव नै गरिसकेका छन् ।
एमसीसी पारित गर्ने विषयमा प्रचण्ड सहमतिमा नआए देउवा ओलीसँग मिल्ने निश्चितप्रायः छ । त्यसका लागि भद्र सहमतिमा सभामुखको बर्हिगमनका अलावा सत्तामा देउवाको बलियो प्रभाव समेत रहने बुझिएको छ ।

संविधानमा यस्ताे छ व्यवस्था
संविधानमा सभामुख हट्ने व्यवस्थाहरु छन् । संविधानको धारा २९९ को उपधारा ६ बमोजिम सभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदमा निजको सदस्यता नरहेमा, पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा, मृत्यु भएमा पद रिक्त हुनेछ ।
सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ । उपसभामुख नभएकाले अन्य कुनै सदस्यले गर्ने व्यवस्था छ । त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउने व्यवस्था छ । सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर छलफल भई निर्णय लिंदा दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ । संविधान अनुसार सभामुखविरुद्ध प्रस्ताव पेश गर्ने तयारीमा एमाले रहेको बुझिएको छ । काँग्रेससँग कुरा मिलेलगत्तै उसले प्रस्ताव पेश गर्ने बुझिएको छ ।