Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा पुगेका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा थुनछेक बहस सकिएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । जिल्ला अदालत, काठमाडौंको हाताभित्रै त्रिपाठीमाथि हातपात गर्ने ४८ वर्षीय ललीत केसी हुन् । उनी दोलखा जिल्लाको तामाकोशी गाउँपालिका १ का स्थायीवासी हुन् । ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने उनले हालसम्म आफ्नो काम, पेशा वा व्यवसाय बताएका छैनन् । बुधबार साँझ बबरमहलस्थित जिल्ला अदालतनजिकैबाट उनी पक्राउ परेका हुन् । आजमात्रै उनको म्याद थप गरिँदैछ । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । जाहेरवालाको तर्फबाट बहस गर्न जिल्ला अदालत पुगेका वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस सिध्याएर बाहिरिने क्रममा उनीमाथि हातपात प्रयास भएको थियो । उनले रविमाथि हदैसम्मको कारवाही हुनुपर्ने माग राख्दै बहस गरेका थिए ।
२०८१ माघ ३
ताजा नेपाल
२०८१ माघ ३
ताजा नेपाल
२०८१ माघ ३
ताजा नेपाल