Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यादेशले कांग्रेसभित्रै रडाको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठह¥याएका रेशम चौधरीलाई माफी दिने सरकारको प्रयासप्रति आपत्ति जनाएका छन्। अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई अध्यादेशमार्फत माफी दिने कार्य कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको उनले बताएका हुन्। सामाजिक सञ्जालमा उनले भनेका छन्,‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो।’ आफू अनुकूलकताको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई नभएको उनले बताएका छन्। ‘आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ,’ कोइरालाले भनेका छन्। यस्तै कांग्रेसका महामन्त्री गगन थापाले पनि रेशम चौधरीलाई रिहा गराउन सरकारले ल्याउने भनेको अध्यादेशको विरोध गरेका छन्। ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ,’ थापाले भनेका छन्,‘यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइप्रति समर्थन जनाएर ट्विट गर्दै थापाले यो शर्मा र आफ्नो मात्र नभइ पार्टीकै धारणा भएको बताएका छन्। शर्माले अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्नमात्र नभइ यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए।