Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपर स्याङ्गे खोला हाइड्रोले ८७ करोडको आइपीओ ल्याउँदै

काठमाण्डौ । लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ८ लाख ७० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । प्रति इकाई रु. १०० को दरले कम्पनीले कुल ८७ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न खोजेको हो । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ । अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडको मुख्य उद्देश्य नै अपर स्याङ्गे खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्नु रहेको र भविष्यमा अन्य साना आयोजना समेत निर्माण गर्दै लैजाने योजना रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यो आयोजना लमजुङको मस्र्याङ्दी गाउँपालिका वडानम्बर ४ स्थित तघ्रिन गाउँ क्षेत्रमा रहेको छ । यो रन अफ रिभरमा आधारित आयोजना हो ।