Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अबको खोप दीर्घरोगीलाई

काठमाडौँ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।
मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ । ‘दीर्घरोगी सबैभन्दा जोखिममा छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई जोगाउन हामी सधैं जाडो सुरु हुनुअघि इन्फ्लुएन्जाको खोप लगाउँछौं । कोरोनाले त अझ बढी छाती रोगसहित अन्य दीर्घरोगीलाई असर गरेको पाइयो,’ शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ एवं कोभिड–१९ उपचारका संयोजक डा. सन्तकुमार दासले भने, उनीहरूलाई खोप लगाउँदा मृत्युदरमा कमी आउने निश्चित छ । दीर्घरोगीमध्ये पनि मिर्गौला, फोक्सो, मुटुका विभिन्न समस्या भएका तथा क्यान्सरबाट थलिएकालाई कोरोनाले बढी सकस दिएको देखिएको उनले बताए ।