Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब्बल बन्दै मञ्जली

बाल कलाकार मञ्जली तामाङ उमेरले भर्खरै ११ वर्षमा टेकेकी छन् । ६ वर्षको सानै उमेरबाट कलाकारतिामा पाईला टेकिसकेकी मञ्जली ६ वर्षको कलिलो उमेरबाट बाल कलाकारको रुपमा पाईला अगाडी बडाउँदै ११ वर्षको उमेरसम्म आइपुग्दा एक अब्बल बाल कलाकारको रुपमा नेपाली रङ्गिन दुनियाँमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन् । मञ्जलीले म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् भने दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनको अभिनय टेलिफिल्म ‘मेरो कथा’मा पनि देख्न सकिन्छ । सानै उमेरबाट कलाकारितामा रुचि राख्ने मञ्जली स्कुलमा हुने   नृत्य, अभिनय जस्ता प्रतिस्पर्दात्मक कार्यक्रममा भागलिदै सधंै आफुलाई उत्कृष्ट श्रेणिमा उभ्याउन सफल हुदै आईरहेकी छन् भने नियमित रुपमा नृत्यको प्रशिक्षण लिई नृत्यमा पारङ्गगत हुने दौडमा छन् । नृत्य गर्न रुचाउने मञ्जलीको नृत्य हेर्ने हो भने परिपक्व नृत्याङ्गनाको भन्दा कम लाग्दैन । दर्जनौ स्टेज साँंस्कृतिक कार्यक्रमहरूमा आफ्नो नृत्यकला प्रस्तुत गरिसकेकी मञ्जली स्थानीय स्तरमा आयोजना हुने बिभिन्न साँस्कृतिक कार्यक्रमका आयोजकहरूले उनलाई सहभागि गराउन छुटाउँदैनन् । यो उमेरमा त उनको नृत्यकलाले सबैलाई आकर्षित तुलाएको छ भने वयस्क उमेरमा झन परिपक्व हुदै जाने कुरामा कुनै शंका छैन । कक्षा ५ मा अध्यायरत मञ्जली पढाईमा पनि उत्तिकै तेजछिन । मञ्जली एक अनुशासीत बिद्यार्थी रहेको कुरा उनका शिक्षक, शिक्षीका बताउछन् । स्कुलमा हुने प्रतिस्पर्धात्मक कार्यक्रममा उनि सधै उत्कृष्ट हुने गरेकी मञ्जलीलाई स्कुलका शिक्षक, शिक्षिकाहरूको पनि कलाकारितामा प्रति साथ र सहयोग रहदै आएको छ । कलाकारितासंगै पढाईमालाई पनि महत्व दिने मञ्जलीको खुशिको लागी उनका बुबा, आमाले कुनै पनि कसर बाँकी नराख्ने बताउछन् । भन्छन्ः ‘भोलिको दिनमा एक चर्चित कलाकार भएर आफ्नो क्षेत्रको मात्र नभएर देशकै नाम राख्न सफल भएको हेर्न चाहन्छौ ।’ नुवाकोटकी स्थानीय वासिन्दा मञ्जली आफ्ना परिवारसंग कपन सरश्वती नगरमा वस्दै आइरहेकी छन् । आमा ईश्वरी माया स्याङ्तान र बुबा मुईचा तामाङ्गको कोखबाट जन्मेकी मञ्जली परिवारकी एक्ली छोरी हुन् ।  सानै उमेरमा उत्कृष्ट नृत्य गर्दै आइरहेकी मञ्जलीले तीज गीत ‘सहि हो माया सहि हो’ बाट मोडलिङ्गको क्षेत्रमा पाईला टेकेकी हुन् । उनकी आमा भन्छिन्ः ‘मञ्जलीको नृत्य र अभिनय कला देखेर निर्माता, निर्देशकबाट आफ्नो भिडियोमा बाल कलाकारको भुमिकामा काम गर्न प्रस्ताव धेरै नै आउने गरेको भएपनि आफुलाई राम्रो लाग्ने गीत र पात्र सुहाउदो छ भनेमात्र छोरीलाई पठाउने गरेकी छु ।’ प्रतिस्पर्दामा सबैलाई पछि पार्दै पहिलो ‘एक्टिभ म्युजिक अवार्ड २०७९’ बाल कलाकारको अवार्ड उचाल्न सफल मञ्जली तामाङको एक पछि अर्को भिडियो बजारमा आईरहेको देख्न सकिन्छ भने ‘मेरो कथा’ टेलि सिरियलमा पनि निरन्तर अभिनय गर्दै आइरहेकी छन् ।