Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब कक्षा कोठामै धमाधम पढाई

काठमाडौँ । कोरोना कहरका कारण शैक्षिक सत्रनै कोल्याप्स हुने चिन्ताबीच त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालका अनुसार भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न धेरै क्याम्पसहरू तयार भएपछि स्वीकृति दिइएको छ । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका जिल्लाबाट क्याम्पस सञ्चालनको अनुमति मागिएपछि स्वास्थ्य साबधानी अपनाएर पठनपाठन सुरू गर्न अनुमती दिइएको भुसालले जानकारी दिए ।
विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने जनाएको छ ।


सम्बन्धित समाचार