Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब जनता ढाँट्न सकिन्न !

काठमाडौं । पार्टीमा एकलौटी भए पनि अबको समय विगत जस्तो छैन । मेरो स्प्रिट बुझ्ने महासचिव बोहक कोही भएन । पूर्व राष्ट्रपतिलाई छेक्ने योजना पार्टीभित्रबाट सफल हुने देख्दिन । अब त हुँदैन कि क्या हो कान्छा । गाउँको सामन्तले नोकर चाकरहरूका बीचमा गरेको गुनासो जस्तो पीडायुक्त स्वर प्रधानमन्त्री केपी ओलीले तिनीहरूलाई सुनाउन थालेका छन्, जो उनको नाम भजाएर कमाउँछन् । आफ्नो योजनामा चल्नेहरूलाई मन्त्री बनाउँछन् ।
एमालेका उद्योग, भूमिव्यवस्थाम, रक्षा र सामान्य प्रशासन मन्त्रीहरू विगतदेखिनै बदनाम छन् । प्रमका प्राविधिक सल्लाहकार असगर अलीको गुरु सेवा प्रालिले शिक्षा मन्त्रालयबाट सोझै भुक्तानी लिने गरी करोडौंको इन्टरनेट कक्षा शुरु गराउने प्रस्ताव लगेकै छ । राज्यको श्रोत खर्च गर्ने त्यसको उपलब्धीका बारेमा चासो नलिने प्रम ओलीको बानी छ । स्वार्थ लुकेको त्यही हो । पार्टीमा एकलौटी थियो । अब नहुने संकेत विद्या भण्डारीको सक्रियता हो । चीन भ्रमणबाट फर्केर विद्या कोशी प्रदेश जाँदैमा ओलीको नौ नाडी गलेका थिए । हिजोका गोकुल र कर्ण थापाले छोडे, सूर्य थापा र महेश बस्नेतले पृथ्वी धान्ने स्थिति तिनको चरित्रले दिँदैन । एमाले भित्र ओलीको हैकमबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिव र सचिवहरू आक्रोशित छन् । पदाधिकारीहरूमा रामबहादुर थापा, पदमा अर्याल, शंकर पोखरेलबाहेक ओलीलाई अरुले छाडेका छन् । टिके प्रथाका पदाधिकारीहरू विगतमा सत्तामा हुँदा बदनाम थिए ।
विद्या भण्डारीको चिन्ता वामपन्थीबीचको सहकार्य र एकता हो । ओलीबाट त्यो सम्भव छैन । जनताले ओली शासनबाट भोगेको पीडाको भण्डाफोर गर्ने आँट नभएको प्रतिपक्ष हुँदा पार्टी र सरकार दुवैतिर केपी ओलीको हैकम चर्केको हो ।