Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्ने चेतावनी दिएका छन्।
भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आएको बताए।
उनले भने, शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूका विरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै छ। राष्ट्रिय जागरण अभियान त्यसको तयारी पनि हो।
उनले शान्ति सम्झौतालाई एउटा युगान्तकारी, दूरगामी महत्त्वको सम्झौता भएको बताए।
उनले थपे, अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कोणबाट हजारौँ शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू, हजारौँ घाइते अपाङ्गहरू, लाखौँ जनताको तपस्याबाट प्राप्त भएको उपलब्धिमाथि प्रहार गर्ने कोसिस भएको छ। कतै न कतै एउटा फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध हामीले पाइराखेकै छौँ।
शान्ति सम्झौताको मर्म र भावनाअनुसार, संविधान सभाबाट निर्मित संविधानको मर्म र भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने कुरा र देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रातिर डोर्याउने कुराको सङ्कल्प गर्नुपर्ने बताए।
नयाँ संकल्पसहित एकचोटी आन्दोलित हुनुपर्ने अवस्था आउनसक्ने बताए।
२०८३ मंसिर ६
ताजा नेपाल
२०८३ मंसिर ६
ताजा नेपाल
२०८३ मंसिर ६
ताजा नेपाल