Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब त लामो दूरीका सवारी पनि खुले

काठमाडौं । कोरोना कहर बढ्दो क्रममा रहे पनि बजार क्रमशः सहज जस्तै देखिएको छ । अब त लामो दूरीको यातायात पनि खुल्लागरिएको छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा संगै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् । विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय भएको हो । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठकाडौंको अनुरोध छ । यसै गरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि साउन १० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । साथै गृहमन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल