Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेतामाथि लाग्यो श्रीमतीलाई सुत्न नदिएको आरोप

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ। केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ। हालै आलियाका वकिल रिजवान सिद्दिकीले नवाजुद्दिन र उनको परिवारलाई गत हप्तादेखि आलियालाई खाना नदिएको आरोप लगाएका छन्। यससँगै उनलाई सुत्न ओछ्यान र नुहाउन बाथरुम पनि प्रयोग गर्न नदिएको आरोप लगाइएको छ। रिजवानले आफ्नो बयानमा भनेका छन्, ‘नवाजुद्दिन र उनको परिवारका सदस्यले आलियालाई घरबाट निकाल्ने हरसम्भव प्रयास गरेका छन्। उनीहरुले आलियालाई धेरै यातना दिएका छन्।’ आलियाको रक्षाका लागि प्रहरीले पनि चासो नदिएको उनको आरोप छ। आलियाले लिखित उजुरी दिँदा पनि प्रहरीले सहयोग नगरेको उनको आरोप छ। नवाजुद्दिनले प्रहरीकै अगाडि आलियालाई विभिन्न आरोप लगाएको उनका वकिलले बताएका छन्। आलिया र नवाजकी आमाबीच सम्पत्तिबारे विवाद सुरु भएको थियो। यो विवाद अहिले मुद्दाका रुपमा अगाडि बढिरहेको छ।