Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकाले लागू गर्यो यस्तो व्यवस्था

एजेन्सी । कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि अमेरिकाले १० जना १० जनाभन्दा धेरै मानिसलाई भेला हुन रोक लगाएको छ । अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु जमघट हुने स्थानहरुमा नजान पनि आग्रह गरिएको छ ।
न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गरेको पत्रकार सम्मेलमार्फत यस्तो अपिल गरेका हुन् ।
कोरोना भाइरसका कारण लागु भएको आपतकालीन अवस्था ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि जारी रहन सक्ने उनले बताएका छन् । अमेरिकामा कोरोना भाइरसबाट सोमबार रातिसम्म ९१ जनाको मृत्यु भएको छ भने ४७ सय १२ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि अमेरिकाले यसअघि नै युरोपेली मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाइसकेको छ भने मुलकभर राष्ट्रिय संकटकाल घोषणा गरेको थियो ।
अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण समेत सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ ।