Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिका अब सहज बाटोमा जाने ट्रम्पको दावी

एजेन्सी । कोरोना भाइरसले उग्ररुप देखाइरहेको अमेरिकामा कोरोनाको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउन पनि केही दिनमै खुला हुने जानकारी दिएका छन् । केही राज्यहरुमा आगामी मे १ तारिखमै लकडाउन खुल्ला हुने तयारी भए पनि अब त्यसअघि नै लकडाउन खुला हुने उनले जनाएका छन् ।
जारी लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै प्रतिबन्ध पूर्णरुपमा हटाउँदै जाने उनले जनाएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गमा ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबारसम्म जारी भइसक्ने जानकारी पनि दिएका छन् । कोरोना भाइरसको महामारीले सबै भन्दाबढी प्रभावित बनेको अमेरिकामा बुधबारसम्म २८ हजार ५२९ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार