Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री भेट्दै

काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ। आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान ९ः४० मा भेटवार्ताको कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। साथै, परराष्ट्रमन्त्री विमला राईसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्नेछिन्।