Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरुको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य जोखिममा पार्ने सत्याग्रहीको आवाज पनि नसुन्ने ?

काठमाडौं । स्वास्थ्य सम्बन्धी माग राखेर १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै जाँदा पनि सरकारले कुनै वास्ताव्यसता गरेको छैन। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा बाबुराम भट्टराईले डा गोविन्द केसीले उठाएका जायज मागप्रति राज्यले चासो नदिनु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् ।

नेता भट्टराईले बुधबार ट्वीटरमार्फत डा।केसीका जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे राज्यले कुनै चासो नदिएको आरोप लगाएका हुन् । नेता भट्टराईले भनेका छन्ः ‘अरुको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । १९ औं सत्याग्रहको १७ औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमयुक्त स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो ।’ नेता भट्टराईले सरकारलाई यो विषयमा आँखा खोल्न आग्रह गरेका छन् ।


सम्बन्धित समाचार