Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

काठमाडौं । पछिल्लो समय एकपछि अर्को महिला कलाकारको वैवाहिक जीवन भड्खालोमा परिरहेको छ । गायिका एलिना चौहानले विवाह गरेको ९ महिनामै श्रीमानसँग सम्वन्ध तोड्न लागेको समाचारबीच एक नायिकाले पनि यस्तै संकेत गरेकी छन् । यी नायिका हुन् अमेरिका निवासी अरुणिमा लम्साल । उनले यसै वर्ष गरेको दोस्रो विवाह पनि धरापमा परेको गाईंगुईं सुन्न थालिएको छ । उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि चर्चा गर्माएको हो । अरुणिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा लगनगाँठो कसेकी थिइन् । तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको स्रोतहरुको दावी छ । श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन् । विवाह गरेको भोलिपल्टै यो जोडी कुदेर प्रकाश सुबेदीको टेलिभिजन शोमा हाजिर हुन पुगेको थियो । सुबेदीलाई दिएको अन्तरवार्तामा दुवैले एक–अर्काको जोडदार प्रशंसा गरेका थिए । युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् । अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन् । ती तस्वीररभिडिओहरु अहिले देखिँदैनन् । बरु उनको पहिलो श्रीमान अमित अर्यालसँगको प्रशस्त तस्वीरहरु अझै पनि छन् । इन्स्टाग्राममा अरुणिमा र युवराजले एक–अर्कालाई फलो गरेको देखिँदैन । विराटनगर घर भएका अमितसँग अरुणिमाको प्रेम विवाह भएको थियो । उनीहरुबाट एक हुर्किसकेकी छोरी छन् । विवाहको ६ वर्षपछि अरुणिमाले छोरी जन्माएकी थिइन् । सन्तानप्राप्तिपछि यो जोडी अमेरिका भासियो । अमेरिका गएको केही समयमै उनीहरुको सम्वन्ध टुटेको खबर सार्वजनिक भएको थियो । त्यसको केही समयमा अमितले दोस्रो विवाह गरिसकेका छन् । अरुणिमा र युवराजको भने मागी विवाह हो । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए । चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका छन् । विवाह गरेको केही दिनमै अरुणिमा नियमित सेड्यूल अनुसार अमेरिका गइन् । उनी श्रीमानको घरमा अहिलेसम्म भित्रिएकी छैनन् । वैशाखमा श्रीमतीलाई घर भित्र्याउने युवराजले बताएका थिए । विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो । तर, अहिले अरुणिमा यो सम्वन्धलाई निरन्तरता दिन नसक्ने मनस्थितिमा पुगेको स्रोतहरुको दावी छ ।