Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउड अभिनेता अर्जुन कपुर एकपटक फेरि आफ्नो प्रेमका कारण चर्चामा छन्। करण जोहरको टिभी रियालिटी शो कफी विथ करणमा उनले उनले आफ्नो प्रेमको बारेमा चर्चा गरेका छन्।
केही वर्षदेखि डेट गरिरहेकी अभिनेत्री मलाइका अरोराबारे उनले चर्चा गरेका हुन्। पटक(पटक माल्दिभ्स पुग्ने यी जोडीलाई उनका फ्यानहरुले छिट्टै विवाह गरेको देख्न चाहन्छन्। तर के अर्जुन कपुर मलाइकासँग विवाह गर्न तयार छन्
करण जोहरको यही प्रश्नमा अर्जुन जवाफ दिन्छन्, इमानदारिताका साथ भन्नुपर्दा अहिल्यै विवाह गर्ने सूची मसँग छैन। करियरको दुई वर्ष कोरोना महामारीले खाइदियो। त्यसैले म करियरमै बढी केन्द्रित छु। म कहाँसम्म पुग्न सक्दो रहेछु भन्ने कुरा मैले देख्नु छ।
उनले आफू सँच्चाइमा बाँच्न रुचाउने मान्छे भएको बताए। सकभर आफूले केही कुरा नलुकाउने बताए। प्रोफेशनमा म अझै स्थिरता चाहन्छु। आर्थिकरुपले स्थिरताको कुरा गरेको होइन। म यस्तो हुन चाहन्छु, जसले मलाई खुसी मिलोस्। म खुसी भएँ भने मेरो जीवनसाथीलाई पनि खुसी राख्न सक्छु, उनले भनेका छन्।
मलाइकासँगको सम्बन्धलाई लिएर अर्जुनको घरमा पनि चर्चामा हुने गरेको छ। परिवारका सदस्यहरुले मलाइकासँगको सम्बन्धमा सधैं सहयोग गर्ने गरेको उनले बताए। मेरो परिवारका सदस्यले पनि हाम्रो सम्बन्धलाई सहज बनाएको छ। जसका कारण मैले धेरे कुरा सोचिरहन पर्दैन, उनले भने।
शोमा अर्जुन उनका बहिनी सोनम कपुर पुगेका थिए। रक्षा बन्धन विशेष भनिएको शोमा सोनम कपुरले आफ्ना भाइहरुका धेरै राजहरु खोतलेका छन्।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल