Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध घरेलु मदिरा नष्ट

बझाङ । जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित भोटे गल्ली र दौलिचौर गल्लीका होटेल पसलहरुबाट अवैध घरेलु तयारी मदिरा २ सय ३५ लिटर र कच्चा पदार्थ २ हजार ६० लिटर आइतबार प्रहरीले नष्ट गरेको छ ।
अवैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरुप जिल्ला प्रहरी कार्यालय बझाङ तथा मातहतबाट खटिएको प्रहरीले जिल्ला प्रशासन कार्यालय बझाङका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रतिनिधि, संचारकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा उक्त मदिरा बरामद गरी नष्ट गरेको हो ।