Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध ९मनोद्विपक पदार्थ० मेथ एम्फेटामाईन ९क्ष्ऋभ्० १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षीय हाजिफ नसिम अख्तर तेली रहेका छन् । साथै उनीहरुको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका- १४ कलङकीबाट लागूऔषध (मनोद्विपक पदार्थ) एम्फेटामाईन ४।५ ग्राम र लागूऔषध खात जस्तो देखिने सुकेको पात १ सय ग्राम सहित थप ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा पोखरीया नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय महमद शहिद अख्तर, तनहुँ शुक्ला गण्डकी नगरपालिका-९ ठेगाना भएकी २३ वर्षीया रजिया खातुन र भारत बेथेल ऐजोल मिजोरम ठेगाना भएका ३१ वर्षीय जोसाङ लियाना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ६ केजी सहित बझाङ सुर्मा गाउँपालिका४ बस्ने २३ वर्षीय सुरेश पुजारालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आलुको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ बासाचोकस्थित महेन्द्र राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नुर्फिन १ सय एम्पुल सहित रुपन्देही सिद्धार्थनगर नगरपालिका(१० बस्ने दिपक सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु।१ ज ३१२९ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा भ्यानमा सवार सुनारको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उक्त भ्यान चालक सोही ठाउँ बस्ने २२ वर्षीय सेराज आलमलाई समेत अनुसन्धानको लागि भ्यान सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल