Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय २० एम्पुल, नोर्फिन ९६ एम्पुल र फेनारगन १ सय ४५ एम्पुल सहित काठमाडौं सुकेधारा डेरा गरी बस्ने काभ्रे घर भएका २४ वर्षीय रविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु।२ ख ३८९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ५४ ट्याब्लेटर स्पास्मो ४ ट्याब्लेट सहित भक्तपुर सूर्यविनायक बस्ने मोरङ काजेपोखरी गाउँपालिका-५ घर भएका २४ वर्षीय प्रकाश दर्लामी र काठमाडौं गुर्जुधारा बस्ने उदयपुर त्रियुगा नगरपालिका-११ घर भएका २३ वर्षीय लक्सन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना।७ ख ७७३० नम्बरको बस जाँच गर्ने क्रममा बसका चालक दर्लामी र सहचालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध लिन आएका भक्तपुर, भक्तपुर नगरपालिका(४ बस्ने २६ वर्षीय इन्द्र प्रसाद कपालीलाई काठमाडौं चन्द्रागिरी नगरपालिका(१५ ढुङगेअड्डाबाट पक्राउ गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका(१० बस्ने २० वर्षीय केशव चौधरी र बर्दिया बाँसगढी नगरपालिका-१ बस्ने १९ वर्षीय प्रबिन खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले भे।४ प ५४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
वर्दिया, मधुवन नगरपालिका-८ बस्ने २६ वर्षीय फरिद अन्सारी, ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय शुरेश सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ५ सय ५० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल