Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । मधेसका यादवहरूको बाहुल्य रहेको जसपाका वरिष्ठ नेताको भूमिकामा रहेका अशोक राईलाई संसदीय दलको नेता बन्न अध्यक्ष उपेन्द्र यादवले दिएनन् । एमालेको साथमा सुनसरी २ बाट मंसीर ४ को निर्वाचन जितेका राई एमालेको स्थायी कमिटी सदस्य हुँदा उपेन्द्र यादव सप्तरी जिल्ला सदस्य मात्र थिए । जिल्लाको पार्टी सचिव बन्न एमालेले दिएन । उपेन्द्र भड्किएर माओवादी निकट भएका थिए । उपेन्द्रले राईलाई पार्टीकै अध्यक्ष बनाउन सक्नु पथ्र्यो । मातृकासँग उनी मिलेनन् । मधेसका कोचीला, मैथली, भोजपुरा जस्ता खण्डीकृत संगठनका निर्माण कर्ता मातृका यादवसँग उपेन्द्रको लिगेसी मिल्ने कुरै थिएन । त्यो कारण उपेन्द्र जेपी गुप्ताले स्थापना गरेको मधेस जनअधिकार फोरमसँग एकाकार भए । मधेसमा फोरम नै तत्कालिन परिवर्तनको वाहक बन्यो । मधेसको पुरानो शक्ति सद्भावना पार्टी ५ टुक्रा हुन पुग्यो ।
सत्ताको लागि भएको टुटफुटमा उपेन्द्रको नेतृत्वको फोरम पनि बिजय गच्छेदार, जेपी गुप्ता, रामकिशोर यादवहरूले बिभाजीत गरे । ०७४ सालमा सघिय समाजवादी पार्टी खडा गरेका अशोक राईको टीमसँग उपेन्द्रले पार्टी एकता त गरे राईलाई स्थान दिन भने चाहेनन् । यादव सप्तरी २ बाट सिके राउतसँग पराजीत भएपछि वरिष्ठताका नाताले पनि संसदीय दलमा नेता राई हुनुपथ्र्यो । तर उपेन्द्रले वारा २ बाट चुनाव जितेका रामसयस यादवलाई दलको नेता बनाए । तीनैलाई उपराष्ट्रपति बनाएपछि त्यो क्षेत्रमा उपेन्द्र संसदको चुनाव लड्ने तयारीमा छन् ।
जबकी उपेन्द्र सत्तामा जाँदा मधेसका समस्या भन्दा कमाइतर्फ लाग्ने नेता हुन् । उनलाई हराउन जनमत पार्टी र हिजो उनैसँग रिसाएका रामकिशोर यादव, अरुण ज्ञवालीको टोली खडा भएको छ । काँग्रेस र एमालेको वलियो संगठन भएको वारामा यादव, साहा र कुसहवाको वाहुल्य छ । सत्तामा पुग्न जनताको मुद्दा उठाउने कुर्सी पाएपछि लुटने प्रवृत्तिका कारण यादवलाई यस पटकको उपनिर्वाचन फलामको च्यूरा सावित नहोला भन्न सकिँदैन । सत्तामा पुग्ने, जनताको मुद्धा उठाउने, कुर्सी पाएपछि लुटने उपेन्द्र शैलीको बारामा मात्र होइन मधेस प्रदेशमा चर्को विरोध छ । यीनै पुराना शामन्तविरुद्ध सिके राउतको जनमत पार्टी उदएको हो । जसपाको नेतृत्व प्रदेशको सरकार पूर्ण असफल भएको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल